Breaking

माओवादीको समानुपातिक सूचीको टुंगो लागेन, बैठक भोलि फेरि बस्ने


काठमाडौँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा निर्वाचन आयोगमा बुझाउने समानुपातिकको बन्द सूचीबारे छलफल भएको छ ।

आज बिहान केन्द्रीय कार्यालय परिसडाँडामा बसेको पदाधिकारीको बैठकले यसबारे छलफल गरेको हो ।

उपमहासचिव गिरिराजमणि पोखरेलले केन्द्रीय कार्यालयले तयार पारेको प्रारम्भिक सूचीमाथि आजको बैठकमा छलफल भएको तर नटुंगिएको जानकारी दिए । उनका अनुसार सूची टुंग्याउन भोलि बिहान ७ बजे फेरि पदाधिकारीको बैठक बोलाइएको छ ।

निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझाउन असोज ३ गतेसम्मको समय दिएको छ । आयोगमा संविधानले व्यवस्था गरे अनुसारको क्लस्टर मिलाएर ११० जनाको सूची पेस गर्नुपर्छ ।