Breaking

खोलाले बगाएको शिक्षक हेलिकोप्टरबाट सकुशल उद्धार


काठकाडौँ — सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटी सकुशल उद्धार गरिएको छ।

दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटीलाई नेपाली सेनाले हेलिकोप्टरबाट सकुशल उद्धार गरिएको हो । शिक्षक सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा भेटिएपछि हेलिकोप्टरबाट उद्धार गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

सिवाकोटी शनिबार नुहाउने क्रममा बेपत्ता भएका थिए ।