Breaking

हेलम्बुमा हराएका शिक्षक भिरमा फेला, हेलिकोप्टरबाट उद्धार गरिंदै


काठमाडौँ — सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटी जिवितै फेला परेका छन् । दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटीलाई हेलिकोप्टरको सहयोगमा उद्धार गरिंदै छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले शिक्षक सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा फेला परेको र उनको उद्धारको लागि हेलिकोप्टर झिकाइएको जानकारी दिए ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भिरबाट सिवाकोटीको आवाज आएको र उनको उद्धारको लागि जुटिसकेको जानकारी दिए । सिवाकोटी शनिबार पौडी खेल्ने क्रममा हराएका थिए ।