काठमाडौँ — पुर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अहिले पनि अहंकार नघटेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको अन्तिम बैठकमा शनिबार बोल्दै प्रचण्डले संसद विघटनप्रति आत्मालोचना गर्नुको साटो ओलीमा अझै उही अहंकारमा रहेको आरोप लगाएका हुन् ।
प्रतिपक्ष दलको नेताले मंसिर ४ गते थाहा हुन्छ को के रहेछ भन्ने कुरा भन्नुभएको छ’, प्रचण्डले भने, म विनम्रतापूर्वक उहाँलाई स्मरण गराउन चाहन्छु, राष्ट्रियसभाको चुनाव, बार एशोसिएसन, पत्रकार महासंघको चुनाव र स्थानीय तहको चुनावले सन्देश दिएको होइन र
उनले मंसिर ४ को नतिजा आफूहरु पनि पर्खिरहेको बताए । मैले दुई–दुईपटक संसद विघटन गरेर बेकार स्थायित्व र विकासलाई अवरोध गरेछु भन्नुहोला, राम्रो वातावरण बन्ला भनेको त अझै उही अहंकार । ठीकै छ ४ गते हेर्ने, तपाइँ पनि हेर्नुहुन्छ हामी पनि हेर्छौं ४ गते।’ओलीप्रति कटाक्ष गर्दै प्रचण्डले भने,‘जनताको फैसला हामी सबैले स्वीकार्छौं भनेका छौं। थाहा भइहाल्छ।’


प्रतिक्रिया