Breaking

महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री आज बेलायत जाने


काठमाडौँ — परराष्ट्रमन्त्री डा. नारायण खड्का महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन शनिबार संयुक्त अधिराज्य बेलायत प्रस्थान गर्ने भएका छन् ।

बेलायतको राजधानी लण्डनमा रहँदा उनले महारानीलाई श्रद्धाञ्जलि दिने र ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्री खड्का बकिंघम दरबारमा राजाको स्वागत समारोह तथा विदेश मामिला मन्त्रीले आयोजना गर्ने स्वागत समारोहमा समेत सहभागी हुनेछन् । मन्त्री खड्का आगामी असोज ५ गते स्वदेश फर्किने छन् ।