Breaking

अछाम पहिरो अपडेट : एकै परिवारका ५ सहित ९ जनाको मृत्यु


काठमाडौँ — अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मैत्यु भएपछि मृतकको संख्या ९ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको स्थानीय प्रशासनले जनाएको छ । पहिरोमा पुरिएका अन्य ४ जनाको खोजी भइरहेको छ ।

यसअघि तुर्माखाद गाउँपालिका–५ काँडामा घर पुरिंदा २ जनाको शव फेला परेको थियो भने सात जना अझै बेपत्ता छन् ।