Breaking

गठबन्धन सरकारले देशलाई ओरालोतिर लग्यो : अध्यक्ष ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौँको वसन्तपुरमा संविधान दिवसको उपलक्ष्यमा आयोजित युवा सँगसँगै पदयात्रा कार्यक्रममा ओलीले अहिले देश अफ्ठ्यारो स्थितिबाट आरोलो लागिरहेको बताए ।

अध्यक्ष ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई अघि बढाउन सशक्त ढंगले अघि बढ्ने दाबी समेत गरे । ओलीले यसको फैसला आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाले गर्ने बताए । उनले लोकतन्त्रका पक्षमा, राष्ट्रियता, राष्ट्रिय अखण्डताका पक्षमा, नेपाल नेपालीले नै चलाउने हो भन्ने अभियानका साथ अघि बढ्न आग्रहसमेत गरे।