काठमाडौँ – प्रतिनिधि सभाको आज अन्तिम बैठक बस्दै छ । प्रतिनिधि सभाको ११औं अधिवेशन अन्तर्गत आज ६८औं बैठक बस्ने भएको हो ।
दिउँसो १ बजे बस्ने बैठक प्रतिनिधि सभाको अन्तिम बैठक हुनेछ । आज राति १२ बजे प्रतिनिधि सभाको कार्यकाल सकिँदै छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाको ११औं अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सोअनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र आजको प्रतिनिधि सभा बैठकमा पढेर सुनाइनेछ ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार आजको सम्भावित कार्यसूचीमा सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूबाट टेबुल गर्ने पनि छ ।


प्रतिक्रिया