Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा, बढीमा ५० रुपैयाँसम्म छुट


काठमाडौँ — दशैँ, तिहार र छठसहितको चाडपर्वलाई लक्षित गरी आजदेखि सहुलियत मूल्यको पसल सञ्चालनमा आएको छ ।
कार्तिक १५ गतेसम्म सञ्चालन हुने उक्त पसल देशको मुख्यमुख्य सहरमा पनि सञ्चालन हुनेछन् । ती पसलहरुमा ५० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ ।

देशका विभिन्न ठाउँमा सहुलियत पसल डेढ महिना सञ्चाल नहुने छन् । खाद्य व्यवस्थातथा व्यापार कम्पनीका अनुसार यी सहुलियत पसलमा चिनी र घिउबाहेक खाद्यान्न तथा दूध जन्य वस्तुको बिक्री वितरण हुनेछ । कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी) बाट एकीकृत रुपमा सुपथ पसल सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । काठमाडौँ पत्यकामा कम्पनीका शाखा रामशाहपथ, थापाथली, सूर्यविनायक र नख्खुमा सहुलियत उपलब्ध हुने छ ।

काठमाडौँ उपत्यकाबाहिर खाद्य सामग्री वितरण केन्द्रमा छुट उपलब्ध हुनेछ । त्यस्तै साल्ट ट्रेडिङ र डीडीसीले आ–आफ्ना शाखा तथा क्षेत्रमा पनि उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने छन् । काठमाडौँ उपत्यका, पोखरा र सुर्खेतमा अनलाइन सेवा पनि उपलब्ध हुने छ । अनलाइन सेवा भएका ठाउँमा उपभोक्ताको माग अनुसार घरमै सहुलियतमा सामग्री पुर्याइने छ ।