Breaking

प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल आजदेखि सकिँदै


काठमाडौँ — प्रतिनिधि सभाको पाँचवर्षे कार्यकालआजदेखि सकिँदैछ । २०७२ मा संविधान जारी भएपछि २०७४ मानिर्वाचित प्रतिनिधि सभाको पाँच वर्षको कार्यकाल आज राति १२ बजेदेखि सकिन लागेको हो ।

बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार मध्यरातदेखि संसदको ११औँ अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिसेकेका छ ।

आज राति १२ बजेदेखि बर्खे अधिवेशनको अन्त्यसँगै प्रतिनिधि सभा निष्क्रिय हुने छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि भोलि र पर्सि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका रहेकाले आजदेखि संसद्को कार्यकाल पूरा हुनलागेको हो ।

विगतको अभ्यास र अनुभवका आधारमा प्रतिनिधि सभाको कार्यकाल आजसम्म कायम रहनेबारे निर्वाचन आयोगले संसद् सचिवालयलाई रायदिएको छ । तर संसद् सचिवालयले औपचारिक रुपमायसबारे केही भनेको छैन । प्रमुख प्रतिपक्षी एमालेले भने हिजो नै आफ्ना सांसदहरूको बिदाइ गर्दै चुनावमा खटिन निर्देशन दिएको छ ।