Breaking

संविधान दिवसको उपलक्ष्यमा एमालेको पैदलयात्रा


काठमाडौँ — संविधान दिवसका उपलक्ष्यमा नेकपा एमालेले काठमाडौँमा आज असोज १ गते बिहान पैदलयात्रा आयोजना गरेको छ ।

संविधान दिवस असोज ३ गते भए पनि यस अवसरमा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आज पैदलयात्रा आयोजना गरेको हो । एमाले नेताहरूका अनुसार शनिबार बिहान पाँचवटा मुख्य चोकबाट वसन्तपुरसम्म पैदलयात्रा हुने छ ।

एमालेले संविधान दिवसलाई जनस्तरबाटै राष्ट्रिय पर्वका रूपमा मनाउने उद्देश्यले असोज १ गते पैदलयात्रा आयोजना गरेको हो ।

एमालेले मर्निङवकामा सहभागी हुन यातायात क्षेत्रका सम्पूर्ण नेतृत्व तथा श्रमिकलाई आह्वान गरेको छ । जारी गरेको सूचनाअनुसार कुपन्डोल, लैनचौर, बानेश्वर, मैतिदेवी, कालिमाटीबाट पैदलयात्रा प्रारम्भ गरिनेछ । अहिले बिहान पौने ७ बजे पैदलयात्राका लागि तोकिएका स्थानमा भेला हुने जनाइएको छ ।