Breaking

सन्दीप सिंगापुरमा कानुनी परामर्श गर्दै


काठमाडौँ — नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने सिंगापुरमा रहेको बुझिएको छ ।
अनुसन्धानको दायरामा आउनु पर्ने उनी सम्पर्क विहीन बन्दै गएका छन् । स्रोतका अनुसार सन्दीप यतिवेला सिंगापुरमा रहेर कानुन व्यवसायीसँग परामर्श गरिरहेको बताएका छन् ।

सिंगापुरमा कानुनी परामर्शपछि उनी नेपाल आउने बुझिएको छ । घटनापछि तनावमा रहेका सन्दीपले नेपालबाट गएका वकिलहरुसँग कानुनी परामर्श गरिरहेका छन् ।

सन्दीपको अज्ञात अवस्था प्रति न प्रहरी जानकार छ, न सन्दीप सम्वद्ध नेपाल क्रिकेट संघ (क्यान) ले कुनै जानकारी बाहिर चुहाएको छ । अघिल्लो साताको मंगलबार राति सन्दीपका विरुद्ध एक १७ बर्षिया नाबालिग किशोरीले आफु विरुद्ध जबरजस्ती करणी गरेको आरोप लगाएर प्रहरीमा जाहेरी दिएपछि सन्दीप आरोपी बनेका थिए ।

जतिसुकै ठूलो नेम फेम भए पनि कानूनका नजरमा उनी एक आरोपित हुन् । यस्तो बेला कानुनलाई सघाएर आफुलाई निर्दोष साबित गर्नुको साटो सन्दीप उल्टै मुद्धाबाट भाग्न खोजे पछि अवस्था झन जटिल बन्ने देखिएको छ । प्रहरी पनि सन्दीप विरुद्ध पक्राउ पुर्जी हातमा बोकेर बस्ने बाहेक अरु गर्न सकिरहेको छैन । तर यो लामो मौनताले मुद्धा नै विचलित वा प्रभावित हुने भन्दै विज्ञहरुले शंका देखाइरहेका छन् ।

आफु विरुद्ध भदौं २१ माजाहेरी परेपछि अनुसन्धानलाई सघाउने भन्दै नेपाल आउन लागेको बताएका सन्दीप लामिछाने हालसम्म पनि प्रहरीको सम्पर्कमा आएका छैनन् । प्रहरी पनि उनको अवस्थाबारे जानकार देखिँदैन । क्यारेबिन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिजमा रहेका उनी अनुसन्धानका लागि आफै आउने भन्दै खबर त पठाएका थिए । नेपाल फर्किने भन्दै सन्दीप सीपीएल बाट समेत विदाइ भइसकेका छन् । क्यानसँगको सम्पर्कमा आफु नेपाल फर्किन लागेको जानकारी पनि उनले गराएका थिए । तर अहिले सम्म उनी सम्पर्कमा नआउनु आफैमा शंकास्पद बन्दै गएको छ । यसले यस विषयमा अनेक खालका प्रश्नहरु उठाइरहेका छ ।

सन्दीप आफैले यो मुद्दालाई जटिल बनाउने काम गरिरहेका छन् । अहिलेका लागि उनी प्रहरीको सम्पर्कमा नआउनु नै सबैभन्दा ठूलो समस्या हो । सहमति विमति जे भए पनि नाबालिगले जाहेरी नै दिएपछि उनी संकटमा त यसै पनिथिए । प्रहरीले नगरकोटदेखि काठमाडौंको होटल सम्म जुटाएका सबुत प्रमाणले पनि सन्दीप माथि नै भारी परिरहेका बेलाउनी अज्ञात रहनुले विषयलाई थप गमिभरतातर्फ धकेलेको छ ।