Breaking

गोकर्णेश्वरले होर्डिङ बोर्ड हटाउन थाल्यो, अनधिकृत संरचना भत्काइने


काठमाडौँ – गोकर्णेश्वर नगरपालिकाले सडकपेटीमा रहेका अनधिकृत संरचना र होर्डिङ बोर्ड हटाउन थालेको छ । नगरपालिकाले बिहीबार जोरपाटीको अरब बैंकबाट बोर्ड हटाउन थालेको हो ।

नगरपालिकाले अहिले बौद्ध पीपलबोट क्षेत्रको होर्डिङ बोर्डहरू हटाइरहेको छ । नगरपालिकाले होर्डिङ बोर्डहरू हटाउन ९ दिनको म्याद दिए पनि नहटाएपछि नगरपालिकाले हटाउन थालेको जनाएको छ ।

‘सडकपेटी भनेको पैदल हिँड्ने ठाउँ हो तर ओगटेर बोर्ड राख्न थालियो । अनधिकृत संरचना पनि निरन्तर भत्काउँदै जाने बताए ।