काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने बलात्कार मुद्धामा जोडिएको नौं दिन वित्यो । तर अनुसन्धानकोदायरामा आउनु पर्ने उनी झनपछि झन गायब भएका छन् ।
सन्दीपको अज्ञात अवस्थाप्रति न प्रहरी जानकार छ, न सन्दीप सम्वद्ध नेपाल क्रिकेट संघ (क्यान) ले कुनै जानकारी बाहिर चुहाएको छ । गत मंगलबार राति सन्दीपका विरुद्ध एक १७ बर्षिया नाबालिग किशोरीले आफुविरुद्ध जबरजस्ती करणी गरेको आरोप लगाएर प्रहरीमा जाहेरी दिएपछि सन्दीप एक आरोपी बनेका छन् । जतिसुकै ठूलो नेम फेम भएपनि कानूनका नजरमा उनी एक आरोपित हुन् ।
यस्तो बेला कानुनलाई सघाएर आफुलाई निर्दाेष साबित गर्नुको साटो सन्दीप उल्टै मुद्धाबाट भाग्न खोजेपछि अवस्था झन जटिल बन्ने देखिएको छ । प्रहरी पनि सन्दीपविरुद्ध पक्राउ पुर्जी हात बोकेर बस्ने बाहेक अरु गर्न सकिरहेको छैन । तर यो लामो मौनताले मुद्धा नै विचलित वा प्रभावित हुने भन्दै विज्ञहरुले शंका देखाइरहेका छन् । त्यसो भए, के अब सन्दीप भाग्न खोजेको हुन् ?अज्ञात रहेका सन्दीप कहाँ छन् ? सन्दीप फरार भएका हुन् भने प्रहरी किन चुप छ ? यस्तो बेला सन्दीपलाई पक्राउ गर्ने प्रक्रिया के हो ? यदि सन्दीप सम्पर्कमै आएनन् भने मुद्धा कसरी अघि बढ्छ ? अनि किशोरीमाथि उठेका प्रश्न कति जायज छन् ? के बलात्कारलाई व्यवसाय बनाउन थालिएको हो ?
प्रतिक्रिया