राजनीति

जसपा सोलुखुम्बुबाट प्रत्यक्षमा ल्हाक्पा शेर्पा सिफारिस


काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) सोलुखुम्बुले आगामी प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ ।

जिल्ला कार्य समितिको बैठकले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य ल्हाक्पा शेर्पाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा पार्टीको तर्फबाट शेर्पाको नाम सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष नरेन्द्र मगरले जानकारी दिनुभयो ।

यस्तै, समानुपातिकतर्फ दुई जना सिफारिस गरेको छ । प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ तीन जना र समानुपातिकतर्फ तीन जनाको नाम पठाइएको छ ।

प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ तीन जना र समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष मगरले बताउनुभयो ।