समाचार

सेसम्बुमा पहिरो खस्दा सडक अवरुद्ध


काठमाडौँ – ताप्लेजुङको सेसम्बुमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । पाथीभरा याङवराक गाँउपालिका १ सेसम्बुमा गएराति पहिरो खस्दा करिब २० मिटर सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी काठमाडौँ सञ्चालन हुने सवारी साधनको आवागमन प्रभावित भएको छ ।

मेची राजमार्ग अन्तरगत सेसबुमा गएराति पौने १२ बजे, खसेको पहिरोले अवरुद्ध सडकमा, जेसीबीको सहयोगबाट पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी चौकी मेवाखा ताप्लेजुङले जनाएको छ ।