Breaking

टुकुचा खोज्ने बालेनको आँट, पहिलो पटक ठूलो भूमाफियाको महलमा डोजर (भिडियोसहित)

ट्कुचालाई न्याय, अब लक्ष्मी बैंकको पालो


काठमाडौँ – २४ जेठ, २०६६ मा काठमाडौँ महानगरपालिकाले एक सार्वजिनक सूचना निकालेर टुकुचा ९इक्षुमती० खोलामा भएको अतिक्रमण हटाउन भन्यो । तर, खोला खोज्न फिल्डमा गएन ।

२०७६ सालमा फेरि टुकुचा खोज्न महानगरले वडा नम्बर १ को कार्यालय र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्राचार गर्‍यो । उपत्यका विकास प्राधिकरण फिल्डमा पुग्यो तर, महानगरपालिकाले ‘फलोअप’ गरेन ।
भुमाफियाको सातो जाने गरी काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोजीको लागि पहिलो पटक जय नेपाल हलको कम्पाउण्ड भित्रै डोजरको दाँत गाडेका छन् ।

महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको छ । काठमाडौँको सभ्यतासँग जोडिएको टुकुचा दोहनका विषयमा चासो राखेको महानगरले यस अघि ३५ दिने सूचना जारी गरेको थियो । तर ३५ दिने सुचनाको समय घर्कि सक्दा पनि कसैले नटेरेपछि महानगरले आज जय नेपाल हलको कम्पाउण्डमै डोजर चलाएको हो ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो । माफियाहरुले बर्षौदेखि टुकुचा खोलाको जग्गा हडपेर उक्त क्षेत्रमा बडेमानका भवन ठड्याएकाछन् । ३५ दिने सूचना जारी गरेर अनाधिकृत संरचान हटाउन जानकारी दिएको महानगरलाई पहिलो प्रयासमै सफलता मिलेको छ। जय नेपाल हलको कम्पाउण्डमा १५ फिट गहिरो खनेपछि टुकुचा खोला भेटिएको छ । महानगरको यो अभियान रकाठमाडौँको मध्यशहरबाट बग्ने टुकुचा संरक्षणको यो कामलाई धेरैले शुभ संकेतको रुपमा लिएका छन् ।