Breaking

पार्टी फुटको अढाइ वर्ष नाघे पनि तत्कालिन नेकपाका अध्यक्षद्धयबीच जुहारी


काठमाडौँ — शीर्ष नेताका आ–आफ्नै दम्भमा पेलिएरनेकपा विभाजन भएको झण्डै साढे दुईवर्ष बित्यो । तर अहिले पनि नेकपा फुट बेला–बेला चस्किने घाउ बनेको छ । फुटको दोष नेताहरु एक अर्कालाई लगाउँदै रोष पोख्ने गरेका छन् । शीर्ष नेताका आ–आफ्नै दम्भमा पेलिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको झण्डै साढे दुईवर्ष बितिसकेको छ । तर आजसम्म पनि बेला–बेलानेकपा फुट चस्किने र बल्झिने घाउ बनेको छ ।

फुटको दोष शीर्षस्थ नेताहरु एक अर्कालाई लगाउँदै घोचपेच गर्ने र रोष पोख्ने गरेका छन । दर्जनौ पटक सार्वजनिक कार्यक्रममा घोचपेच गर्न माहिर शीर्षस्थ नेताहरुले यो क्रमलाई अहिले पनि जारी राखेका छन । विहिवार मात्रै एक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहकार्यका लागि आफूले प्रचण्डलाई अंगालो मारेको तर उनले विश्वास घात गर्दै ग्वाम्म छुरी रोपेको भन्दै दुखेसो पोखे ।

पाँच वर्ष सँगै आलोपालो सहकार्य गर्ने बाचा गरेका ओली–प्रचण्ड नेकपा फुटपछि आज एक–अर्काका कटु आलोचकबनेका छन । सार्वजनिक मञ्चमै तल्लो स्तरको गाली गलौजमा उत्रिने उनीहरु एक–अर्कालाई अनुहार हेर्न समेत लायक ठान्दैनन् । उनीहरुका आरोप–प्रत्यारोप बेला—बेला सार्वजनिक मञ्चमा यसरी छताछुल्ल हुन्छ कि सञ्चार माध्यममा हेडलाइन्स बन्ने गरेका छन । बिहिवारै एक सार्वजनिक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले पनि ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाउन भ्याए ।

हुनत जब–जब चुनाव नजिकिन्छ तबतब कम्युनिष्टहरु एक भएर जानुपर्ने आवाज पार्टीभित्र उठिनै रहन्छ । त्यसका लागि दोस्रो तहका नेताहरु प्रयत्नशी रहन्छन् । समाजवाद प्राप्तिका लागि कम्युनिष्टबिच मिलन आवश्यक रहेको र ओली प्रचण्डले नेकपा फुटबारेआत्मलोचना गरे फेरि पनि आगामी चुनावमा पार्टी एक भएर जान सकिनेमा कतिपय नेताहरुले जोड दिने गरेका छन् ।

तर ओली–प्रचण्ड आफ्नै पहिलो कम्युनिष्ट बन्ने दाबीका साथ सहकार्यलाक्षर्् लत्याउँदै आएका छन् । बरु उनीहरु फुटको दोष एक–अर्कालाई लगाउँदै कार्यकर्ता तथा मतदातालाई रिझाउने प्रयासमा तल्लिन देखिएका छन् ।