Breaking

फुटपाथ व्यापारीको जुलुसले घेर्‍यो महानगर


काठमाडौँ — काठमाडौँ महानगरपालिकाका विरुद्धमा फुटपाथ व्यवसायीले आन्दोलन थालेका छन् ।

जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै आन्दोलन गर्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै नाराबाजीसमेत गरेका छन् ।

महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले विकल्प बिना नै व्यापार व्यवसायबाट लखेटिएको भन्दै आन्दोलन गरेका हुन् ।

महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र साह निर्वाचित भएसँगै अनधिकृत रूपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी आन्दोलित भएका हुन् । साना व्यवसायीहरू सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर कार्यालय घेराउ गरेका हुन् ।