Breaking

माओवादी देशको पहिलो पार्टी बन्न सक्ने मजबुत आधार छ : अध्यक्ष प्रचण्ड


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगमी निर्वाचनमा माओवादी देशकै पहिलो कम्युनिष्ट पार्टी बन्न सक्ने मजबुत आधार रहेको जिकिर गरेका छन् ।

दिवंगत नेता पोष्टबहादुर बोगटीको ८ औं स्मृति दिवस समारोहलाई विहीबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले अहिले पनि जनताले देशको चाबी माओवादीलाई सुम्पन चाहेको बताए ।

गत स्थानीय निर्वाचनमा राम्रो व्यवस्थापन गर्न सकेको भए माओवादी देशको पहिलो कम्युनिष्ट पार्टी बनिसकेको हुने प्रचण्डले बताए । चुनावमा राम्रो व्यवस्थापन गर्न नसक्दा नसक्दै पनि स्थानीय चुनावमा माओवादीलाई जनताले चाबी बुझाएको उनको तर्क थियो । ‘तेस्रो भए पनि हामी निर्णायक छौं,’ उनले भने ।

यद्यपि, पार्टीभित्र आन्तरिक एकता राम्रो बन्न नसक्दा पनि पार्टीले यो अवसर गुमाउने उनको संकेत थियो ।