Breaking

काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु


काठमाडौँ – काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । जिल्लाको बेथानचोक गाउँपालिका ४, चलाल गणेशथानमा गएराति पहिरो जाँदा तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ६५ वर्षिया लुदुलुङ तामाङ (ठूलीमाया) , ४४ वर्षिय मीरबहादुर तामाङ र ४० वर्षिया सावित्री तामाङ रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

सावित्री र मीरबहादुर लुदुलुङ तामाङका छोराछोरी हुन् । सावित्री र मीरबहादुरको घटनास्थलमा र लुदुलुङको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।