Breaking

तालमेल कांग्रेससंगै हुन्छ, भोलि बन्ने सरकार जो सँग पनि हुनसक्छ : नारायणकाजी


काठमाडौँ — सत्ताघट कदलहरु यतिवेला सिट वाँडफाडको रस्साकस्सीमा छन । विगतको निर्वाचमा जितको आधारमा सिट वाँडफाड हुनुपर्ने कुराले एकै स्थानमा तीन दलसम्मको दावी परेपछि भाग वण्डाको विषय पेचिलो बनेको छ ।

निर्वाचन अघि तालमेल गरेर गैर लोकतान्त्रिक कार्य गरेको आक्षेप खेप्दै आएको सत्ता गठबन्धनलाई एकपछि अर्को चुनौतीले घेरेको छ । अहिले प्रत्यक्षतर्फको सिट वाँडफाड टुङ्गो लगाउन नसकेर समानुपातिकतर्फ लागेका उनीहरुलाई कसरी गठबन्धन फलिफाप युक्त बनाउने भन्ने चिन्ता देखिन थालेको छ ।

यसै पनि विचार र सिद्धान्त नमिल्ने वाम लोकतान्त्रिक गठबन्धनमा एकलाई अर्को पार्टीको भोट आउने सम्भावनाकम रहेको विश्लेषणका वीच गठबन्धनको प्रभाव तल्लो तहसम्म पुर्याउने वातावरण निर्माण कार्य सकस देखिएको छ ।

यहि कारण अहिले कांग्रेस आफूलाई उम्मेद्धार शून्यको अवस्था बना एता लमेलको सहि नतिजान आउने बताईस रहेको छ । २०७४ को मतपरिणाम अनुसार सिट बाड्दा विगतमाकांग्रेसलाई जितेर माओवादीले जितनिकालेको क्षेत्र अहिले पनिमाओवादीकै भागमा पर्ने छ ।

यदि त्यसो भए दुई-दुई पटक माओवादीलाई वैतरणीमा त्रतार्ने काम कांग्रेस कार्यकर्ताले गर्छन भन्नेमा कांग्रेसी नेताहरु नै विश्वस्त छैनन् । अर्का तर्फ स्थानीयतहको मत परिणाममा समेत कांग्रेसलाई जति फाइदा अन्य घटकलाइ नभएको नजिरले अरु दलहरु शंशकित छन । यहि कारण गठबन्धनकै धरातलमा यो सरकार बनेको र गठबन्धनको सबैभन्दा बढि फाईदा आफ्नो दललाई भएको भन्दै कांग्रेस नेताहरुले गठबन्धन विरोधी कुनै गतिविधिन गर्न निर्देशन दिदै आएका छन । यसै सन्दर्भममा योहो टेलिभिजनको सत्य संवादमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग गरिएको कुराकानी :