Breaking

साफ यू-१७ च्याम्पियनसिप : उपाधि जित्ने नेपालको सपना अधुरै


काठमाडौँ – साफ यू-१७ च्याम्पियनसिप फुटबलको उपाधि जित्ने नेपालको सपना अधुरै बनेको छ ।

श्रीलंकाको राजधानी कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाललाई ४-० गोलको नतिजामा पराजित गर्दै भारत च्याम्पियन बन्यो ।

नेपाललाई हराएर भारतले समूह चरणको बदला लिएको छ । समूह चरणको पहिलो खेलमा नेपालले भुटानलाई २(१ को नतिजामा पराजित गरेको थियो भने दोस्रो खेलमा भारतलाई ३९१ को नतिजामा हराएको थियो ।

सेमिफाइनलमा घरेलु टिमलाई ६-० ले हराउँदै नेपाल फाइनल पुगेको थियो । भारतको जितमा बोवि सिंह, कोरोउ सिंह,थाङलाल सोउन र अमनले एकरएक गोल गरे । खेलको १७औं मिनेटमा बोवि सिंहको गोलमा भारतले सुरूवाति अग्रता बनाएको थियो ।

कोरोउ सिंहले ३०औं मिनेटमा भारतको अग्रता दोब्बर पारेका थिए । खेलको ३८औं मिनेटमा नेपालका कप्तान प्रसान्त लक्क्षमले रातो कार्ड पाएपछि नेपाल दस खेलाडिमा समेटिएको थियो । पहिलो हाफमै नेपालमाथि हावि भएको भारतले दोस्रो हाफमा पनि नेपाललाई दवावमा राख्यो ।

थाङलाल सोउनले ६२औं मिनेटमा गोल गर्दै भारतको अग्रता ३(० मा पुर्‍याएका थिए । खेलको इन्जुरि समयमा अमनले गोल गरेसँगै भारतले ४-० को जित सुनिश्चित गर्‍यो ।