Breaking

चिनियाँ नेता ली आज स्वदेश फर्किँदै

भ्रमणको उद्देश्यबारे नेपाल अनविज्ञ


काठमाडौँ — नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुल आज स्वदेश फर्कने कार्यक्रम छ । सोमबार नेपाल आएलगत्तैदेखि उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय ली आज बिहान विशेष विमानमार्फत स्वदेश फर्किन लागेका हुन् ।

सोमबार काठमाडौँ अवतरण गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

चार दिने नेपाल भ्रमणका रहेका उनले बुधबार विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।

मंसिर ४ मा चुनाव आउनुअघि दुई कम्युनिस्ट पार्टीसँग भएको भेटवार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । नेपाली समकक्षी सभामुख अग्नि सापकोटासँग भेटवार्ताको सुरुवात गरेका उनले सत्तापक्ष र प्रतिपक्षका प्रमुख नेतादेखि प्रधानमन्त्री र राष्ट्रपतिसँग पनि भेटवार्ता गरिसके । तर चान्सुको भ्रमण कुन उद्देश्यमा भइरहेको छ, नेपाल अहिलेसम्म अनविज्ञ छ ।