काठमाडौँ — नेपालको चारदिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आजपनि भेटवार्तालाई निरन्तरता दिएका छन् । तर लीको नेपाल भ्रमणका एजेन्डाबारे अनविज्ञता कायमै रहेको छ । चिनियाँजनकंग्रेसका अध्यक्ष ली चान्सु नेपाल आएको बुधबार तीनदिन पुग्यो ।सोमबार नेपाल आएका उनी बिहिबार यहीबाटै दक्षिण कोरिया जाँदैछन् । नेपाली समकक्षी सभामुख अग्नि सापकोटासँग भेटवार्ताको सुरुवात गरेका उनले सत्तापक्ष र प्रतिपक्षका प्रमुख नेतादेखि प्रधानमन्त्री र राष्ट्रपतिसँग पनि भेटवार्ता गरिसके । तर चान्सुको भ्रमण कुन उद्देश्यमा भइरहेको छ, नेपाल अहिलेसम्म अनविज्ञ छ ।
दक्षिणतिरबाट छिमेकि आउँदा नेपालमा एजेन्डा र सीमाबारे चर्काे बहस हुन्छ । तर उत्तरबाट छिमेकीहरु आउँदा चुपचाप आउँछन् र काम फत्ते गर्दै फर्किन्छन् भन्ने बुझाइ छ । चान्सुको नेपाल भ्रमणका एजेन्डाबारे पनि सार्वजनिक तहमा चर्चा हुन पाएको छैन । त्यसका अलवा पनि चान्सु र समकक्षी सापकोटाबीच सोमबार नै संसदीय सहकार्य सम्बन्धी ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रको पाचौं नम्बर बुँदामा बीआरआईसम्बन्धी विषय उल्लेख गरिएको छ ।
दुई सरकारबीच सहमति भएबमोजिम बीआरआईमार्फत समेत दुई मुलुकबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने भनिएको छ ।यसले सभामुख तहबाट कार्यकारी जस्तो दुई देशीय रणनीतिक सम्झौतामा हस्ताक्षर गरेको भन्दै शंका समेत व्यक्त भइरहेका छन् ।
किनकि अमेरिकी सम्झौता संसदबाट अनुमोदन भएपछि झस्किएको चीनले त्यसकै टक्करका लागि बीआरआई पनि संसदबाटै अनुमोदन गर्ने बाटो खोजेको अर्थमा विश्लेषण भइरहेका छन् ।झन सम्झौताका अन्य बुँदाहरुले अन्तर्राष्ट्रिय समझदारीका विषयमा सदनको भूमिका देखिने मात्रै होइन, अब विदेशी चलखेल सदनमा केन्द्रित भएको अर्थमा बुझिएको छ ।
चान्सुसँगको भेटवार्तामा ओलीदेखि प्रचण्ड र प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मले सीमानाका सञ्चालनमा जोड दिएका छन् । किनकि विगतदेखि नै चीनले विभिन्न बहाना बनाएर सीमा नाकामा रोक लगाएको छ । दशैं तिहार जस्ता चाडपर्वमा समेत आयात भइरहेको छैन । चीनको एकतर्फ नाकाबन्दीले व्यापार नै प्रभावित भएका बेला नेताहरुले यसमा विशेष जोड दिएका थिए ।
यद्यपी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तामा चान्सुले तातोपानी र रसुवागढी नाका तत्कालै खोल्न चीन तयार रहेको बताएका छन् ।तर चीनले नेपाली क्षेत्रको प्रयोगमार्फत हुनसक्ने सुरक्षा चुनौतीलाई भेटवार्ताको प्रमुख एजेन्डा बनाएको छ ।तथापी समझादारीमा हस्ताक्षरभन्दा अर्काे उपलब्धी दिन भ्रमण सार्थक हुने देखिएको छैन ।


प्रतिक्रिया