काठमाडौँ — सत्ताघटकदलहरु यतिवेला सिट वाँडफाडको रस्साकस्सीमा छन । विगतको निर्वाचमाजितको आधारमा सिट वाँडफाड हुनुपर्ने कुराले एकै स्थानमातीनदलसम्मको दावीपरेपछि भागवण्डाको विषय पेचिलो बनेको छ । निर्वाचन अघि तालमेल गरेर गैर लोकतान्त्रिककार्य गरेको आक्षेप खेप्दै आएको सत्ता गठबन्धनलाई एकपछि अर्को चुनौतीले घेरेको छ । अहिले प्रत्यक्षतर्फको सिट वाँडफाड टुङ्गो लगाउननसकेर समानुपातिकतर्फ लागेका उनीहरुलाई कसरी गठबन्धन फलिफापयुक्तबनाउने भन्ने चिन्ता देखिनथालेको छ ।
यसैपनिविचार र सिद्धान्त नमिल्ने वामलोकतान्त्रिक गठबन्धनमा एकलाई अर्को पार्टीको भोट आउने सम्भावनाकम रहेको विश्लेषणका वीचगठबन्धनको प्रभावतल्लोतहसम्मपुर्याउने वातावरण निर्माण कार्य सकस देखिएको छ । यहि कारण अहिले कांग्रेस आफूलाई उम्मेद्धार शून्यको अवस्थाबनाएतालमेलको सहि नतिजानआउने बताईसरहेको छ । २०७४ को मतपरिणाम अनुसार सिट बाड्दा विगतमाकांग्रेसलाई जितेर माओवादीले जितनिकालेको क्षेत्र अहिले पनिमाओवादीकै भागमा पर्ने छ ।
यदित्यसो भएदुई दुई पटक माओवादीलाई वैतरणीमात्रतार्ने कामकांग्रेस कार्यकर्ताले गर्छन भन्नेमाकांग्रेसी नेताहरु नै विश्वस्त छैनन् ।अर्कातर्फ स्थानीयतहको मत परिणाममा समेत कांग्रेसलाई जतिफाइदाअन्य घटकलाइ नभएको नजिरले अरु दलहरु शंशकितछन ।यहि कारण गठबन्धनकै धरातलमा यो सरकार बनेको र गठबन्धनको सबैभन्दा बढि फाईदा आफ्नो दललाई भएको भन्दै कांग्रेस नेताहरुले गठबन्धनविरोधीकुनै गतिविधिनगर्न निर्देशनदिदै आएका छन ।
यताराजनीतिकविश्लेषकहरु भने अव कसैलाई पटक पटकप्रधानमन्त्रीहुनमाआममतदाताको भोट प्रयोग हुननहुने बताउछन । अव नेतृत्वको परिवर्तनको आवश्यकता रहेको बताउने उनीहरु नेताहरुले मतदातालाई दास सम्झिने गरेको तर्क गर्छन। भागवण्डा गर्ने र गठबन्धनमार्फत भोट बटुलेर सत्तारोहण गर्ने आत्मविश्वास समेत यसैको उपजका रुपमालिन सकिने वर्तमानअवस्थामाआस्थालाई दास बनाउने विरुद्ध परिवर्तनको विगुलफुक्नुपर्ने उनीहरुको भनाई छ ।
गठबन्धनप्रति सत्ताघटकदलकै नेताहरुको आशंका र वुद्धिजिवीहरु परिवर्तनकालागिदिईरहेको सन्देशले दलहरुलाई कति संकट छ भन्ने अनुमानलगाउन सकिन्छ । अंकगणितिय रुपमा हेर्ने हो भने पनिविगतको निर्वाचनमा दोश्रो शक्तीकांग्रेस बनेको थियो । यसको अर्थ थोरै मतमात्र अरु दललको पाएपनिउसको जित कसैले रोक्न सक्दैन । तर अन्य घटक दलहरुमाभने कोहि पहिलोचोटि चुनाव लड्दै छन भने केहि विगतमा तेश्रो शक्तीका रुपमा रहेका थिए । जहाँउनीको जितकालागिकांग्रेसको ठुलै मतप्राप्तगनुपर्ने हुन्छ ।
यसर्थ कांग्रेसभित्रविद्रोह हुने अवस्थातथा गठबन्धनको ईमान्दार पालनानहुने अवस्थाआएत्यसको मारमा साना घटक दलहरु पर्ने छन । त्यस्तै स्थायीपाँचबर्षे सरकारका लागितालमेल आवश्यक रहेको भन्दै चुनाव लड्न लागेका उनीहरुले न्यूनतम साझा साधारण र कस्को सरकार भन्ने टुङ्गो समेत नलागएकोले मतदाताविश्वास गर्ने आधार पनिकम छ । तर माओवादीवरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने सिंगो गठबन्धन नै एक भएर चुनाव लड्न लागेकोले यो अवस्थानआउने बताउछन ।
यसको अर्थ सत्ता गठबन्धनले भोट नपाउलाभन्ने चिन्ता हैन । न त गठबन्धनले हारे देशनै सकिन्छ भन्ने चिन्ता नै हो । तर सिट वाँडफाडमै रस्साकस्सी भईरहेको अवस्थामाप्रतिफलयुक्तगठबन्धन बनाउने र न्यायोचितभागवण्डा गर्ने कामफलामको च्यूरा चपाउनु सरह हुने निश्चित छ ।


प्रतिक्रिया