Breaking

नेपालमा भाइरसको दौड, कोरोनापछि प्रत्येक घरमा डेङ्गु


काठमाडौँ — डेंगुको बिरामी दैनिक बढिरहँदा सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन । डेंगु प्रत्येक नागरिको घर घरमा पुग्दा पनि निको हुने रोग भन्दै यसको बेवास्ता भइरहेको छ । नेपालमा भाइसरहरुको दौड चलिरहेको छ । त्यो दौडमा कहिले कोरोनाले बाजी मार्छ भने कहिले हैजाले । त्यस्तै अहिले यी दुवैलाई पछि पार्दै डेंगु भाइरसले अग्रता बनाइरहेको छ ।


२०१९ मा महामारीको रुप लिएको डेंगुले तीन वर्षपछि पनि फेरि त्यही रुप लिने तरखरमा छ । तत्कालिन समय राजधानीमा मात्रै सीमित रहेको यो भाइरसबाट गएको महिनादेखि भने राजधानी सहित काठमाडौँ उपत्यका नै प्रभावित बनिरहेको छ ।हाल दैनिक डेंगुका बिरामीको संख्या झण्डै दुई हजारका दरले बढिरहेको छ । डेंगुको बिरामी बढेसँगै अस्पतालमा शैयाको पनि अभाव हुन थालेको छ । अभिभावकीय भूमिका खेल्नुपर्ने सरकारलाई चुनावले छोइसकेको अवस्थामा त्यतातिर सोच्ने समय नै छैन । तर, यता डेंगु भने अहिले उपत्यकाका घर घरमा पुगिसकेको जानकारहरु बताइरहेका छन् ।

कोरोनाको महामारीबाट नागरिकहरु बल्ल उठ्दै छन् । कोरोनाले थिल्थिलो बनाएको हरेक क्षेत्रलाई पुन डेंगुको प्रभाव पर्ने डर छ । यस्तो अवस्थामा आमसर्वसाधारणले सरकार भएको अनुभूति गर्न सकेका छैनन् । देशमा स्वास्थका लागि बजेट छुट्याइए पनि स्वास्थ्य मन्त्रालय नै नभएको जस्तो अवस्था आएकोसांसदहरु नै बताउँछन् ।

सरकारले डेंगु नियन्त्रणका लागि रोग सुरु हुनुभन्दा अघि नै उचित कदम चाल्नुपर्ने हो । तर, यहाँ भयावह स्थिति सिर्जना हुँदा पनि सरकार कानमा तेल हालेर बसेको छ । राज्यले रोकथामका लागि थुप्रै प्रयास गरेको भने पनि त्यसको प्रभाव भने जनताले महसुस गर्न पाएका छैनन् । नियन्त्रणका लागि राज्य स्तरले गर्नुपर्ने काम निकै ढिलो भइसकेको छ ।

२०६१ मा पहिलो पटक नेपालमा देखिएको डेंगु त्यसयता भने वर्षेनी देखिँदै आएको छ । फाट्टफुट्ट देखिएता पनि यसले डर लाग्दो रुप नलिँदा त्यतातर्फ कसैको ध्यान गएको थिएन । तराईमा मात्र देखिने यसको प्रभाव तीन वर्ष अघि भने राजधानीमा नै देखियो । अहिले यो भाइरस सातै प्रदेशको ७५ जिल्लामा फैलिसकेको छ ।

भने साउनदेखि हालसम्म मात्रै ११०६५ जनामा देखिएको छ ।दिनदिनै जोखिम बढिरहँदा पनि राज्य स्तरबाट प्रभावकारी भूमिका नहुनुले जनताप्रति गैरजिम्मेवारीपन दर्शाउछ । रोकथामको काम गर्न त ढिलो भइसक्यो नै अझै पनि सरकारले गर्नु पर्ने काम न गर्ने हो भने यसले ।