Breaking

रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्दै


काठमाडौँ — विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने भएका छन् । राप्रपा र मिश्र निकट स्रोतहरुले उपाध्यक्षमा सहमति भइसकेको जनाएका छन् । राप्रपामा प्रवेशका लागि लामो समयदेखि संवादमा रहेका मिश्रले सहअध्यक्षको दाबी गर्दै आएका थिए । राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्थामा विधान छ । साझा विवेकशीलमा मिश्र निकट रहेका समूह पनि राप्रपामा प्रवेश गर्न लागेको हो ।

राप्रपा महामन्त्री भुवन पाठकले मिश्र प्रवेशको घोषणा एकरदुई दिनमै हुने बताए । एकरदुई दिनभित्रै यस विषयमा औपचारिक घोषणा हुनेछ, महामन्त्री पाठकले भने । मिश्रलाई राप्रपाले काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने छ । मिश्रले असोजको पहिलो साता उम्मेदवारी औपचारिकरुपमा घोषणा हुने बताएका छन् । असोजको पहिलो साता उम्मेदवारी घोषणा हुनेछ, मिश्रले भने । संविधान दिवसको दिन मिश्रको पुस्तक विचारभन्दा माथि देशु सार्वजनिक हुँदैछ । तर त्यसमा संविधानको मुख्य विशेषता संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमाथि प्रश्न उठाइएको छ ।

२०७४ सालको चुनावमा मिश्र काठमाडौं-१ बाट विवेकशील साझा पार्टीका उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतले पराजित भएका थिए । सिंहले १० हजार ९ सय ३६ मत पाउँदा मिश्रले १० हजार १ सय १८ मत पाएका थिए । त्यस्तै वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले ५ हजार ३ सय ३६ मत पाएका थिए ।