काठमाडौँ — नेपालीको महान चाड दसैँका अवसरमा सानिमा बैंकले ग्राहकका लागि ‘दसैँ धमाका’ योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ। यो योजनाअन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २०% वा अधिकतम रु २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम रु २ हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। यस योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘फर्स्ट कम फर्स्ट सर्भ’ का आधारमा छुट प्रदान गरिनेछ। यो योजना आज असोज १० गतेदेखि असोज १८ गतेसम्म ९ दिनका लागि लागू हुने बैंकले जनाएको छ ।
सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा लिँदा रु. ५०० क्यासब्याक पनि प्रदान गर्दै आएको छ। यो योजना असोज १ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०६ वटा कार्यालय तथा ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्। यसका साथै सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ।


प्रतिक्रिया