Breaking

प्रतिनिधि सभा बैठक २ घण्टा पछि सारियो


काठमाडौँ – प्रतिनिधि सभाको बैठक पूर्व निर्धारित समय भन्दा दुई घण्टा पछि सारिएको छ ।

नेताहरुका अनुसार प्रतिनिधिसभाको कानुन न्याय मानव अधिकार समितिले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी प्रतिवेदन आज प्रतिनिधि सभामा पेश गर्ने वातावरण बनाउन प्रतिनिधि सभाको बैठक सारिएको हो ।

आज बिहान ११ बजे तय भएको बैठक दिउँसो १ बजेसम्मलाई सारिएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए । सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी प्रतिवेदनलाई संसद बैठकमा पेश गर्ने प्रक्रियाका लागि कानुन समितिको बैठक सिंहदरवारमा बस्दैछ ।