काठमाडौँ — नेपाल भ्रमणमा रहेका चिनिया नेताली चान्सूले राजनीतिक भेटलाई तिव्र पारेका छन । चुनावको मुखमै चीनका तेस्रो वरीयताका नेताको यो नेपाल भ्रमणलाई विभिन्न कोणबाट विश्लेषण हुँदै गर्दा उनको दौडधुपलाई पनि विशेष चासोका साथ हेरिएको छ ।
नेपालमा आएका चिनिया नेताली चान्सुले राजनीतिक भेटवार्तालाई तिव्र पारेका छन । सभामुख अग्नी सापकोटाको निम्तोमा नेपाल आएका उनले सबै भन्दा पहिले सापकोटासंग शिष्टाचार भेट गरेका थिए । लीले नेताहरुको संगको भेटलाई पनि तिव्रता दिएका छन । मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग पनि भेटवार्ता गरेका उनले परराष्ट्रमन्त्री डा.नारायण खड्कापनि भेट गरेका छन ।
प्रचण्डसंगको भेटमा ‘प्रचण्ड’ले रणनीतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकता क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन चिनियाँ पक्षसँग आग्रह गरेको बताईएको छ । लिको भ्रमण विशेषत : सुरक्षा चासोसंग केन्द्रीत हुँदा प्रचण्डले नेपाल ‘एक चीननीति’प्रति दृढ रहेको उल्लेख गर्दै नेपालीभूमिकुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुननदिनेमा सजग रहेको बताएका थिए ।
चिनियाँ पक्षको तर्फबाट अध्यक्ष ली ले नेपाल चीनको असल मित्र रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकताको सधैँ सम्मान गर्ने बताए । उनले नेपाल एक चीननीति र चीनको सुरक्षा चासोमा सदैव सकारात्मक रहेकामा धन्यवाद व्यक्त गरे । यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासंगको भेटमा नाका खोल्ने विषयमा छलफल भएको बताईएको छ । तिमिल्सिनाले दसैंअघि रसुवागढी नाका र तातोपानी नाका खोल्न आग्रह गरेपछि लीले पहलगर्ने प्रतिबद्धता जनाएका छन् । कोरोना भाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्त नाका बन्द गरेको छ भने सो नाका बन्द हुँदा नेपाली व्यापारीहरूको करोडौं मूल्य बराबरको सामग्रीहरू बाटोमै अलपत्र परेका छन् । नाका बन्द हुँदा दशैका सामान समेत अलपत्रहुने अवस्था आएको अवस्थमा लीको प्रतिबद्धतालाई सकारात्मक रुपमा हेरिएको छ ।
ली विशेषत सुरक्षा चासोका विषयमा कुटनितिक पहलगर्न नेपाल आएको बताईएको छ । फलत: सत्ताघटक र प्रतिपक्षी दलका नेताहरुसंग समेत भेटवार्ता गरेका उनले प्रधानमन्त्रीसंग पनि भेट गरेका छन । उनले आज राष्ट्रपति विद्या भण्डारीसँ भेट गर्ने कार्यतालिका छ । नेपालमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको तयारी भइरहेको बेला उनको भ्रमणलाई सम्भावित कम्युनिष्ट एकताको प्रयाससंग समेत जोडेर हेर्ने गरिएको छ ।
विगतमासी जीनपिङ विचार धारासम्म पढाउन भ्याएको चीनले नेपालमा घट्दै गएको आफ्नो भूमिका बुझेको अन्तराष्ट्रिय मामलका जानकारको समेत भनाई छ । त्यस्तै उनको भ्रमणलाई नेपालमा हालैका महिनाहरूमा बढिरहेको अमेरिकीचासोसँग जोडेर हेर्नुपर्ने उनीहरुको भनाई छ । ताईवान र तिब्बतप्रतिको अमेरिकाको आक्रमकधारणाका कारण पछिल्ला चिनिया नेताहरुको भ्रमण यो नेपालको निम्तोले मात्रउनीहरुकै चासोमा भईरहेको धेरेको बुझाई छ । चिनिया मामलका जानकारहरु भने भ्रमणमा रहेको प्रतिनिधि मण्डलको चासो मुख्य रूपमा आफ्नो देशको सुरक्षा स्वार्थको प्रवर्धन गर्नु रहेको बताउछन ।
यसैपनि नेपालले एक चिन नितिमा अडिग रहेको बारम्बार दोहोर्याउदै आए पनि चीन भने विश्वस्त हुन सकेको छैन। त्यसमा पनि वर्तमान सरकारका गतिविधिले शंशकित बनेको उसलाई भारतबाट सन्चालित तिब्बतको निर्वासित सरकार र भारतसंग नेपालको खुल्ला सिमाना टाउको दुखा ईको विषयबन्दै आएको छ । जसमा यी दुवै क्षेत्रमा बढ्दो अमेरिकी प्रभावले रुस सहितका चार देशको भ्रमण कार्यतालिका अन्तर्गत लीलाई नेपाल आउन बाध्य पारेको हो ।


प्रतिक्रिया