Breaking

जापानका लागि उडेको विमानमा धुवाँ आएपछि काठमाडौँ अवतरण


काठमाडौँ — यात्रु लिएर जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट धुवाँ निस्किएपछि काठमाडौँ नै फर्काइएको छ।

मंगलबार राति १ सय ८४ यात्रु बोकेर जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान काठमाडौँ नै फर्काइएको हो।

मंगलबार राति ११ बजे नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको विमान काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थल छाडेको आधा घण्टामै फर्काइएको हो ।

निगमका अधिकारीका अनुसार विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ आएको संकेत ककपिटमा देखिएपछि चालक दलले जहाज काठमाडौं नै फर्काएका हुन् । मर्मतपछि उक्त जहाज आज बुधबार बिहान ९ बजे यात्रु लिएर पुनः उड्ने बताइएको छ ।