काठमाडौँ — संघीय संसद संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषबाट सिफारिस भएका व्यक्तिविरुद्ध कुनै उजुरी वा सूचना भए पठाउन आग्रह गरेको छ ।
न्याय परिषबाट सिफारिस भई संसदीय सुनुवाइका लागि सिफारिस भएका नीता गौतम दीक्षित, विनोद शर्मा र दिननाथ पराजुलीबारे भए उजुरी वा सूचना दिन समितिले आग्रह गरेको हो ।

७७ वटै जिल्लाका सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूले यस सूचनालाई जिल्ला प्रशासन कार्यालयलगायत सम्भव भएसम्म अन्य सरकारी कार्यालय एवं सार्वजनिक स्थलहरूमा टाँस्ने व्यवस्था गर्न पनि समितिले आग्रह गरेको छ ।


प्रतिक्रिया