काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशदौडाह चलाएका छन् । पाँच दलविरुद्ध बलियो जनमत ल्याउनैपर्ने दबाबमा रहेका ओलीले अरु दलभन्दा अघि नै दौडधुपलाई तीब्र बनाएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार जनकपुरमा थिए, मंगलबार पोखरामा छन् । जनकपुरमा २ सय ५ किलोको माला कार्यकर्ताले गलामा राखिदिएपछिभगवान्को मूर्तिमा भक्तले दासता देखाएभन्दा कम देखिएन् ।
आजभोलि ओलीका हरेक दिन यसै गरि वितिरहेका छन् ।निर्वाचनको मुखमै देश दौडाहमा रहेका ओलीले जनकपुरमा काँग्रेस नेता सन्तोष यादवसहित प्रतिनिधिसभा सदस्य रुहीनाज, प्रदेशसभा सदस्य अञ्जु यादव र जसपा नेता अरविन्द झा लगायतलाई पार्टी प्रवेश गराएका थिए ।पोखरामा समेत पार्टी प्रवेशको लहर देखाएका उनले चुनावी दौडलाई धनिभूत बनाएका छन् ।अब पाँच दलविरुद्ध एक्लै जाने परिपक्क भएपछि ओलीको घुटन बढीरहेको छ ।
कार्यकर्ता भेटघाट, भाषणबाजी र आश्वसनको लहर फिजाउनु ओलीका लागि बाध्यता जस्तै छ । अन्य दलका प्रमुख नेताभन्दा आफुलाई जहिल्यै एककदमअघि राख्न चाहने ओलीले यसपटक सामाजिक सञ्जालको प्रयोगलाई व्यापक बनाउने नीति लिएका छन् । देशदौडाहसँगै सामाजिक सञ्जालको प्रयोगले समेत भोट बढ्ने देखिएपछि ओलीको खटनपटन चुलिएको छ ।
एमालेले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ । ओली नेतृत्वको सरकारले गरेका काम र उनको व्यक्तित्वले चुनावमा पार्टीको भोट बढ्ने एमालेको बुझाइ छ ।यसैकारण आगामी सरकारको नेतृत्वसमेत आफैले गर्ने सपना पालिरहेका ओलीले मसिनो गरि कार्यतालिका बनाएर तयारी गरिरहेको बताएका छन् ।
तथापी यसपटक ओलीलाई आफ्नै निर्वाचन क्षेत्र झापा ५ मा चौतर्फी घेराबन्दी हालिएपछि भावी सरकारको नेतृत्व गर्ने सपनामाथि समेत शंका छ । कट्टर विपक्ष दल त छदैछन्,लेखक, विश्लेषकदेखि हास्यकलाकारसम्मकोरोजाई ओलीकै निर्वाचन क्षेत्र परेपछि सातौंपटक चुनाव लड्ने तयारीमा रहेका ओलीतरबारमाथिको धारमा हिड्न बाध्य बनेका हुन् । ओलीकै निर्वाचन क्षेत्र रोजेका राजनीतिक दलदेखि स्वतन्त्रहरु पनि सकिए जित्ने, नसकिए भोट काट्ने र ओलीसँग भिडेरै भए पनिचर्चामा आउने उद्देश्यमा छन् । फलतः ओली आफ्नै निर्वाचन क्षेत्र बचाएर पार्टीका अन्य नेतालाई समेत जिताउने गरि देशदौडाहमा छन् । नेताहरु पनि गठबन्धनका विषयहरुलाई उठाएर भोट तान्ने गरि मिशनमा निस्किएका छन् ।
गठबन्धनको चौतर्फी पेलानमा रहेका ओलीलाई आफुले मात्रै जितेर पुग्नेछैन । पार्टीका नेताहरुलाई पनि जिताउनुछ । जिताएरमात्रै पनि हुँदैन । २०७४ कै जस्तो बहुमत सिट संख्या नल्याउँदा सम्म भावी प्रधानमन्त्रीको बाटो खुल्नेछैन । यसका लागि स–साना दलहरुको आडभरोशा लिन पनि ओली गृहकार्यमा छन् । फलतः आक्रामक नीति लिएर चुनाव जितेर आउनु ओलीका लागि निसर्त बनेको छ ।


प्रतिक्रिया