Breaking

नेपालमा चिनियाँको दौडधुप,किन बढ्दै छ भ्रमण ? क–कस्लाई भेटे लीले आज ?


काठमाडौँ — नेपालभ्रमणमा रहेका चिनिया नेतालीचान्सूले राजनीतिक भेटलाई तिव्र पारेका छन । चुनावको मुखमैचीनका तेस्रो वरीयताकानेताको यो नेपाल भ्रमणलाईविभिन्न कोणबाट विश्लेषण हुँदै गर्दा उनको दौडधुपलाई पनिविशेष चासोका साथ हेरिएको छ । नेपालमाआएकाचिनिया नेतालीचान्सुले राजनीतिक भेटवार्तालाई तिव्र पारेका छन ।सभामुखअग्नी सापकोटाको निम्तोमा नेपालआएकाउनले सबैभन्दापहिले सापकोटासंग शिष्टाचार भेट गरेका थिए ।

लीले नेताहरुको संगको भेटलाई पनितिव्रतादिएका छन । मंगलबार माओवादीअध्यक्षपुष्पकमलदाहाल प्रचण्ड र एमाले अध्यक्ष केपीशर्मा ओलीसंग पनि भेटवार्ता गरेका उनले परराष्ट्रमन्त्री डा.नारायण खड्कापनि भेट गरेका छन ।प्रचण्डसंगको भेटमा ‘प्रचण्ड’ले रणनीतिक विकास साझेदारीमार्फत नेपालकाप्राथमिकता क्षेत्रका ठूला परियोजनामाआवश्यकलगानीभित्र्याउनचिनियाँपक्षसँगआग्रह गरेको बताईएको छ ।

लिको भ्रमण विशेषत ः सुरक्षाचासोसंग केन्द्रीतहुँदाप्रचण्डले नेपाल ‘एक चीननीति’प्रति दृढ रहेको उल्लेख गर्दै नेपालीभूमिकुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुननदिनेमा सजग रहेको बताएकाथिए। चिनियाँपक्षकोतर्फबाट अध्यक्षली ले नेपालचीनको असलमित्र रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकताको सधैँ सम्मानगर्ने बताए। उनले नेपाल एक चीननीति र चीनको सुरक्षाचासोमा सदैव सकारात्मक रहेकामाधन्यवादव्यक्त गरे ।

यस्तैराष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासंगको भेटमा नाकाखोल्ने विषयमा छलफल भएको बताईएको छ । तिमिल्सिनाले दसैंअघि रसुवागढी नाका र तातोपानीनाकाखोल्न आग्रह गरेपछि लीले पहलगर्ने प्रतिबद्धता जनाएका छन् ।कोरोनाभाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्तनाकाबन्द गरेको छ भने सो नाकाबन्दहुँदा नेपालीव्यापारीहरूको करोडौं मूल्य बराबरको सामग्रीहरू बाटोमै अलपत्र परेका छन् ।नाकाबन्दहुँदादशैका सामान समेत अलपत्रहुने अवस्थाआएको अवस्थमालीको प्रतिबद्धतालाई सकारात्मक रुपमा हेरिएको छ ।

लीविशेषतसुरक्षाचासोका विषयमा कुटनितिक पहलगर्न नेपालआएको बताईएको छ । फलत ः सत्ताघटक र प्रतिपक्षीदलका नेताहरुसंग समेत भेटवार्ता गरेका उनले प्रधानमन्त्रीसंग पनि भेट गरेका छन । उनले बुधबार राष्ट्रपति विद्या भण्डारीसँ भेट गर्ने कार्यतालिका छ । नेपालमाप्रतिनिधिसभा र प्रदेश सभानिर्वाचनको तयारी भइरहेको बेलाउनको भ्रमणलाई सम्भावित कम्युनिष्ट एकताको प्रयाससंग समेत जोडेर हेर्ने गरिएको छ ।

विगतमासी जीनपिङ विचारधारासम्म पढाउन भ्याएको चीनले नेपालमा घट्दै गएको आफ्नो भूमिकाबुझेको अन्तराष्ट्रिय मामलकाजानकारको समेत भनाई छ । त्यस्तै उनको भ्रमणलाई नेपालमाहालैका महिनाहरूमा बढिरहेको अमेरिकीचासोसँग जोडेर हेर्नुपर्ने उनीहरुको भनाई छ ।ताईवान र तिब्बतप्रतिको अमेरिकाको आक्रमकधारणाका कारण पछिल्ला चिनिया नेताहरुको भ्रमण यो नेपालको निम्तोले मात्रउनीहरुकै चासोमाभईरहेको धेरेको बुझाई छ ।चिनियामामलकाजानकारहरु भने भ्रमणमा रहेको प्रतिनिधिमण्डलको चासो मुख्य रूपमाआफ्नो देशको सुरक्षा स्वार्थको प्रवर्धन गर्नु रहेको बताउछन ।

यसैपनि नेपाललेएकचिननितिमा अडिग रहेकोबारम्बार दोहोर्याउदै आएपनिचीनभने विश्वस्तहुन सकेको छैन। त्यसमापनिवर्तमान सरकारका गतिविधिले शंशकित बनेको उसलाई भारतबाट सन्चालिततिब्बतको निर्वासित सरकार र भारतसंग नेपालको खुल्लासिमाना टाउको दुखाईको विषयबन्दै आएको छ ।जसमायीदुवै क्षेत्रमाबढ्दो अमेरिकीप्रभावले रुससहितकाचार देशको भ्रमण कार्यतालिकाअन्तर्गत लीलाई नेपालआउनबाध्यपारेको हो ।