Breaking

राष्ट्रपति भण्डारीद्वारा प्रमाणीकरण गरिन् ५ विधेयक


काठमाडौँ —राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा २० बमोजिम प्रमाणीकरण गरेकी हुन् ।

१) तथ्यांक सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

२) स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक

३) प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

४ )सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

५) योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक