काठमाडौँ — महिनौँदेखि अभाव र दुखमा बाचिरहेका श्रीलंकाली नागरिकहरुको मुहारमा क्रिकेटले केही हदसम्म भए पनि खुशी दिएको छ । आर्थिक र राजनीतिक संकटबाट निराश उनीहरुलाई एसिया कपको जितसँगै खुशी हुने बाहना मिलेको हो । शताब्दीकै सबैभन्दा खराब आर्थिक र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको देश श्रीलंकाले एसिया कपको उपाधि जितेको छ । एसिया कप २०२२ मा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पाकिस्तानलाई २३ रनले मात खुवाएर श्रीलंका उपाधि चुम्न सफल भएको हो ।
देशमा कयौं समस्या कै कारण श्रीलंकामा हुनु पर्ने यो प्रतियोगित युएईमा सारेर पहिलो झड्का खेपेको श्रीलकाबाट प्रतियोगिता सुरु हुनुअघि सबै अपेक्षा टुंगिएको थियो । त्यसपछि पनि श्रीलंकाले सुरुमै अर्काे झापड भेट्यो । लिग चरणको पहिलो खेलमा नै अफगानिस्तानसँग ८ विकेटको हारपछि श्रीलंकाको उपाधि होड लगभग समाप्त नै बनेको थियो ।
पहिलो हारबाट भाग्य र मनोवृत्ति दुवैमा परिवर्तन देखिएको श्रीलंका सुपर ४ मा प्रवेश गर्दा सम्म पनि यो टोलीलाई उपाधि दावेदारको रुपमा हेरिएन ।
अफगानिस्तान, भारत र पाकिस्तानलाई हराएर फाइनल पुगेको श्रीलंकाले ठीक समयमा लय समात्यो र फाइनलमा पनि त्यही लयलाई कायम राख्दै छठौँ पटक श्रीलंकालाई उपाधि दिलाउन सफ रह्यो । देश चरम आर्थिक संकटले थिल्थिलो बनेर निराश बनेको श्रीलंकाका लागि क्रिकेटको मैदानमा उसका ११ खेलाडी नायक बनेर उभिए । महिनौ देखि अभावै अभावमा बाचेका देशवासीको मुहारमा यो जितले मुस्कान थपेको छ । हुन त श्रीलंकाले यो उपाधि छठौँ पटक जितेको हो । तर, विगतका पाँच जित क्रिकेटकै लागि मात्र थियो भने यो जितले राजनीतिक अस्थिरता र भष्टाचारबाट आजित बनेका ती सारा श्रीलंकाली जनताका लागि छुट्टै महत्व राख्ने छ ।
ढृड इच्छाशक्ति हुने हो भने जस्तो सुके परिस्थितामा पनि आफ्नो लक्ष्य पूरा गर्न सकिन्छ भन्ने श्रीलंकाको टोलीले देखाएको छ । उदाहरण बनेको यो जितले खेलाडीमा साहास र व्यवस्थापकमा आत्मविश्वास हुनुपर्ने दर्शाउछ । खेलाडी र खेलसँग सम्बद्ध संघलाई मात्र दोष लगाएर उम्कन खोज्ने हर कोहीले यो उदाहरणबाट पाठ सिक्न जरुरी छ । खेललाई पेट भर्ने माध्यम बनाएकाहरुले श्रीलंकाको यो जितलाई अनुशरण गर्न अत्यन्तै आवश्यक छ ।
प्रतिक्रिया