काठमाडौँ — सत्ता–गठबन्धनका शीर्ष नेतृत्व बालुवाटार केन्द्रितभएको हप्तौं वित्यो । तर नतिजाअझै निष्कर्ष विहिन छ ।निर्वाचनको मिति घर्किदै गएपनि गठबन्धनका दलहरुलेअझै सिट संख्या बाँडफाँडको सकसपार लगाउन सकेका छैन्न् । प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई एक्ल्याएर, भिन्न राजनीतिकविचार भएपनिएकबनेको पाँचदलिय गठबन्धनअहिले आफै एकले अर्कालाई तहलगाउनउदत्त देखिन्छ । आगामीनिर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने सहमतिसँगै सिट बाँडफाँडको छलफलमा जुटे पनिअझै सहमतिहुन सकेको छैन ।
सिट बाँडफाँडमा लचिलो बन्नुको सट्टा एकले–अर्कालाई घुर्कि लगाएरै भएपनिआफ्नो दललाई धेरै सिट दिलाउने कसरतमाशीर्ष नेतृत्व देखिन्छ । सिट बाँडफाँडका सवालमा निरन्तर सरकारी स्रोतको दुरुपयोग गरेरै वैठकमा बस्दै आएका गठबन्धनका शीर्ष नेतृत्व सहमति जुटाउन भने असफलहुँदै आएको छ । गठबन्धनका प्रमुखदल नेपाली कांग्रेसले पार्टीभित्र प्रतिपक्षमा रहेका समूहले गठबन्धनको खुलेआम विरोध गरे पनि सभापति देउवाले गठबन्धनको विरोध नगर्न निर्देशन नै दिएका छन । उनी खेमाका नेताहरुले पनि गठबन्धनको विरोध गर्न नमिल्ने तर्क नै गर्दै आएका छन ।
सरकारका प्रवत ज्ञानेन्द्र बहादुर कार्कीको दैनिकी बालुवाटारमा जम्मा भएका गठबन्धन के भयो,कहिले टुङगो लाग्छ ?यहि प्रश्न जवाफ दिनमै वित्ने गरेको छ । पार्टीभित्रबाटै बालुवाटारमा वैठक नवस्न अनुरोध गरेपछि केहि दिनआफ्नो निवासमै वैठक बोलाएका देउवाले पछिल्लो समय वैठकका लागि बालुवाटार नै रोजेका छन । गठबन्धनको शीर्ष नेताहरुको बालुवाटार बसाईमा प्रतिपक्षले प्रश्नगर्न थालेका छन । गठबन्धनले सिटबाडफाडलाई कहिले टुङ्गो लगाउँछ यकिनगर्न कठिन छ । पार्टीभित्रको आन्तरिक किचलो,दलहरुको अडानको चेपुवामा परेको भागवण्डा आगामी नेतृत्वको विषयले समेत अल्झिरहँदागठबन्धनकै औचित्यमाथिप्रश्न उठ्न थालेका छन । सिट वाँडफाँड पेचिलो बन्दा निर्वाचनमा एक–अर्काको भर कति फलदायक बन्ला थप चासो बढेको छ ।


प्रतिक्रिया