काठमाडौँ — मत्थर हुँदै गएको कोरोना महामारी र गठबन्धन सरकारले सत्ता सम्हाले यतामुलुकको कुटनीतिक क्षेत्र चलयमान बनेको छ । पछिल्ला दिनहरुमा विदेशी उच्चस्तरीय व्यक्तिले नेपालको भ्रमण र नेपालका उच्चस्तरीय व्यक्तिले विदेशको भ्रमण गर्ने क्रमबढेको छ । तर ती भ्रमणहरु दुईपक्षीय लाभ भन्दापनि औपचारिकतामा मात्र सीमित देखिन्छ ।
निर्वाचन नजिकिएसँगै शीर्ष नेतृत्व चुनाव लक्षित दाउपेचमा सक्रिय छन । आमनिर्वाचनको तयारी चलिरहेकै बेला अन्तराष्ट्रिय भ्रमणको शृङखला समेत बढेको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका पालामा नेपाल भ्रमणलाई लिएर पश्चिममामुलुक र छिमेकीचीनबीचप्रतिस्पर्धा नै चलेको देखिन्छ । असार अन्तिमसाताचीनिया कम्युनिष्ट पार्टी (सीसीपी) का विदेश विभागप्रमुखलिउजियानचाओले नेपालको चार दिने भ्रमण गरे । साउनअन्तिमतिर नेपालका परराष्ट्रमन्त्री नारायण खड्काले तीनदिने चिन भ्रमण गरे र सोमबार मात्रचिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्षलीचान्सु सय जनाको जम्बो टोलीसहितकाठमाडौ ओर्लिएका छन ।
केहि समय यता अमेरिकी सैन्य सहयोग स्टेट पार्टनरसिपप्रोग्रामएसपीपी नेपालले अस्वीकार गरेपछि मित्र राष्ट्र अमेरिकाबाट हप्तैपिच्छे फरक फरक पात्राको नेपालभ्रमण भने केहि पातालिएको छ । यहिमौकामाछिमेकीमुलुकचीन सक्रिय बनेकोहो । छिमकी मुलुकभारत सहितअन्यमित्रराष्ट्रहरुको नेपाल भ्रमण निरन्तर छ । भारतीय सेनाध्यक्षमनोज पाण्डे पाँचदिने नेपाल भ्रमण र उच्चस्तरीय भेटघाट सहित स्वदेश फर्किए लगत्तै परराष्ट्र सचिव भरतराजपौड्यालमंगरबार छिमेकीमुलुकभारत प्रस्थानगर्दैछ । यहि साताफ्रान्सेलीप्रतिनिधि मण्डलका सभामुखका टोलीले नेपाल भ्रमण गरे । तर यस्ता भ्रमणहरुले दुई पक्षीयहितका सवालमा के उपलब्धिहाँसिल गरे त ?उपलब्धि टर्च बालेर खोज्नुपर्ने अवस्था छ ।
पछिल्ला दिनहरुमाविदेशीउच्चस्तरीय व्यक्तिको नेपाल भ्रमण र नेपालकाउच्चस्तरीय व्यक्तिले औपचारिक तथाअनौपचारिक विदेश भ्रमणले तिव्रतापाएको छ । तर नेतृत्वमा सुधार हुननसक्दानागरिकले व्यवस्था परिवर्तन र बदलिँदो विश्व राजनीतिक परिवेशबाट लाभाम्वितहुन सकेका छैनन् । मुलुक आमनिर्वाचनको संघारमा छ । आगामीमंसिरचारमाप्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा हुँदैछ । निर्वाचनको मुखमाहुने यस्ता भ्रमणहरु सत्ता र शक्तिको दाउपेचका कारण पनिचर्चामा रहने गर्दछ । त्यो बाहेक मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा कुटनीतिक कौशल प्रस्तुतगर्न नसक्दा देश र जनतालाभ लिनबाट बञ्चित रहँदै आएका छन् ।


प्रतिक्रिया