समाचार

नबिल बैंकले ग¥यो एकै दिन ८ नया शाखाहरुको उद्घाटन


काठमाडौँ — नबिल बैंकले आइतबार एकै दिन ८ ठाउँमा आफ्ना शाखा बिस्तार गरेको छ । बैंकले मंगलबजार, इलाम, मुलपानी, सुरुङा, भागवान पाउ (डल्लु), साँखु, काँकडभिट्टा, र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो । उपत्यका भित्रका शाखाहरुमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित तथा बैंकका सञ्चालक समितीका अध्यक्ष उपेन्द्र पौड्याल तथा नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले संयुक्त रुपमा साँखु शाखा, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नबिल बैंकका सञ्चालक अनन्त पौड्याल तथा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रुपमा मंगलबजार शाखा,कागेश्वरी मनोहरा वडा ६ का वडा अध्यक्ष प्रकाश फुयाँल तथा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीले संयुक्त रुपमा मुलपानी शाखा तथाकाठमाडौं महानगरपालिका वडा १५डल्लुका वडा अध्यक्ष ईश्वरमान डंगोल र बैंकका प्रमुख जोखिम अधिकृत नमिता दिक्षितलेसंयुक्त रुपमा भगवान पाउ (डल्लु) शाखा उद्घाटन गरेका थिए ।

त्यस्तै गरि उपत्यका बाहिरकाशाखाहरुमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाको उपस्थितीमा तीन शाखाहरु मेची नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकील ेकाँकडभिट्टा शाखा,कनकाई नगरपालिकामेयर राजेन्द्र कुमार पोखरेललेसुरुङ्गा शाखाको र शनिबार इलाम नगरपालिकाका मेयर केदार थापाले इलाम शाखा उद्घाटन गरेका थिए । त्यसका साथै राप्ती नगरपालिकाका मेयर शमशेर लामा र बैंकका प्रमुख रणनीति अधिकृत कृष्ण दत्त भट्टराईले संयुक्त रुपमा भण्डारा शाखा उद्घाटनगरेका थिए । बैंकले आफ्नो दीर्घकालीन रणनीति अनुरुप शाखाहरू बिस्तार भएको र नयाँ बजारहरूमा आफ्नो उपस्थिती गराई स्थानीय बासिन्दा, व्यापारी र विद्यमान ग्राहकहरूलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।