काठमाडौँ — सिट बाँडफाँडमा सहमति खोज्न सत्ता गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष तहका नेताहरू सहभागी छन् । बैठकमा कार्यदलका सदस्यहरु पनि सहभागी छन् ।
सत्ता गठबन्धनबीच साउन २० मा तालमेल गरेर जाने विषयमा औपचारिक सहमति गरे पनि कसले कति सिट लिने भन्नेमा सहमति जुट्न सकिरहेको छैन । ११ सदस्यीय कार्यदल बनाएर सिट बाँडफाँटबारे एक महिना छलफल गरे पनि अझै सहमति जुटेको छैन । कार्यदलमा सहमति नजुटेपछि शीर्ष तहका नेतालाई सिट बाँडफाँटमा सहमति खोज्न जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया