काठमाडौँ – बेलायती महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टि आगामी साताको सोमबार हुने भएको छ । महारानीको अन्तिम संस्कार लण्डनस्थित वेष्टमिन्स्टर एब्बेमा हुने बकिङहम प्यालेसले जनाएको छ । अन्त्येष्टि एक सातापछि हुने भएपनि महारानीको शवयात्रा भने आजैदेखि शुरु हुनेछ ।
गत बिहीबार स्कटल्याण्डको बाल्मोरल प्यालेसमा स्वर्गारोहण भएकी महारानीको शव सो प्यालेसबाट एडिनबरा पु¥याइनेछ । मंगलबार बकिङहम प्यालेस र बुधबार महारानीको शव दरबारबाट वेष्टमिन्स्टर हल लगिनेछ । बिहीबारदेखि चार दिनसम्म सोही स्थानमा शव राखिनेछ ।
त्यहाँ सर्वसाधारण समेतले श्रद्धाञ्जली व्यक्त गर्ने अवसर पाउने बकिङहम प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । महारानीको अन्त्येष्टिमा विभिन्न मुलुकका सरकार प्रमुख एवं नेताहरु समेतको सहभागिता रहनेछ ।


प्रतिक्रिया