Breaking

कोरोना संक्रमितको संख्यामा ओरालो


काठमाडौँ – पछिल्लो २४ घण्टामा १०४ जना कोरोना संक्रमित फेला परेका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २३१६ पुगेको छ ।
कोरोनाबाट संक्रमित हुनेहरुको संख्या शनिबारको भन्दा ५९ जनाले ओरालो लागेको हो । संक्रमितको संख्या ओरालो लागे पनि सोही समयमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सम्म नेपालम १२ हजार १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने । ९ लाख ८४ हजार ४ सय १३ जनाले स्वास्थ्य लाभ लिएका छन् । यो कुल संक्रमितको ९८.६ प्रतिशत हो ।