काठमाडौँ – नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । तर उनले आफूमाथि लागेको आरोपको अस्वीकार गर्दै आईरहेका छन् । उनी हाल क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इण्डिजमा छन् ।
लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको थियो ।
प्रतिक्रिया