Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

मुख्यमन्त्री कार्यालयबाटै ५ जना कर्मचारी पक्राउ


काठमाडौँ — गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत ल्याउन लागेको प्रदेश निजामती ऐनको विरोधमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्ना र विरोधमा उत्रिएका ५ कर्मचारी प्रक्राउ परेका छन् ।

प्रदेश सरकारले ल्याउन लागेको ऐनले स्थानीय तहका कर्मचारीलाई कुण्ठित र प्रदेशमा बढुवा हुन प्रतिस्पर्धा गर्न रोकेको भन्दै गण्डकीका स्थानीय तहका निजामती कर्मचारीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हाताभित्रै आइतबार विरोधमा उत्रिएका थिए ।

ब्यानर निकालेर नाराबाजी गर्न लागेपछि मुख्यमन्त्री कार्यालयबाटै पोखरा महानगरपालिकाका वित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेल, सहकारी महाशाखा प्रमुख भरतराज पौडेल र चन्द्रकान्त तिमिल्सिना लगायत ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।