Breaking

आज पनि सत्तारुढ गठबन्धनको बैठक बस्दै


काठमाडौँ — आज पनि सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । आगामी प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा सत्तारुढ दलहरुबीच सिट बाँडफाँटको कार्य सकस बनिरहेको छ । लामो समय बितिसक्दा समेत सत्तारुढ दलहरुभित्र सिट बाँटफाँट सहज रुपमा हुन सकेको छैन ।

आज पनि सत्तारुढ दलहरुका शीर्ष नेताहरु बसेर सिट बाँटफाँटमा सहमति जुटाउने प्रयास हुनेछ । शनिवार बसेको शीर्ष नेताहरुको बैठकले पनि सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन सकेको छैन । आजको बैठकले निर्णायक भुमिका खेल्ने बताइएको छ । दलहरुले आफ्नो आफ्नो दाबी गर्दा लामो समयसम्म पनि सिट बाँडफाँट हुन नसकेको हो ।