काठमाडौँ — रेनो गाडीको नेपालकोलागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” नारा सहित चाडपर्व लक्षित“रेनो उत्सव” योजना सार्वजनिक गरेको छ । यो योजनाअनुसार रेनोको कुनै पनिमोडेलको नयाँँ गाडीको खरिदमाउपभोक्ताहरुले एक वर्षको लागिनिःशुल्क पेट्रोल र सडक कर, २ वर्षको लागीनिःशुल्क सर्भिसिंगको साथै एक्स्चेन्जबोनस, लोयल्टि बोनस लगायतअन्यआकर्षक अफरहरु प्राप्तगर्न सक्नेछन् ।
यसको साथै रेनो उत्सवअन्तर्गत उपभोक्ताहरुले स्योर शट इजिफाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेन्जको पनिलाभ उठाउन सक्नेछन् । नेपालीहरुको महान चाड विजयादशमी, दिपावलीतथा छठलाई लक्षित गरेर आफ्नो उपभोक्ताहरुको चाडपर्व अझै हर्षोल्लासमयबनाउने उद्धेश्यको साथयीअफरहरु ल्याइएको कम्पनीले जनाएको छ ।
यो अफरसँगै नेपालीउपभोक्ताहरुले गाडी खरिद गर्ने आफ्नो सपना सहजताकासाथ साकार गर्न सक्ने कम्पनीले विश्वास लिएको छ । नेपालीग्राहकहरुको सर्वप्रिय रोजाइ रेनोको काइगर, ट्राइबर, क्विड लगायतअन्य भेरियन्ट्का गाडीहरु नेपालीबजारमाउपलब्ध छन् । यस योजनामाकम्पनीको नियमतथाशर्तहरु लागु हुनेछन् ।


प्रतिक्रिया