Breaking

उर्गेन सङागा क्षोलिंङ गुम्बाका प्रमुख लामाको निधन, पुर्नजन्मको कामना गर्दै पाठपूजा

कसरी सम्भव छ पुर्नजन्म ?


काठमाडौँ — सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा रहेको उर्गेन सङागा क्षोलिंङ गुम्बाका प्रमुख लामा ङवाङ लामाको महापरिनिर्वाण अर्थात् निधन भएको छ । जसले बौद्ध धर्म र अनुयायीहरुलाई अतुलनीय क्षति पुगेको छ ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका— १ गोल्ला लाङङ पोमदोकमा भदौ १३ गते सोमबार ९६ वर्षको उमेरमा उहाँको निधन भएको हो । उहाँ यस गुम्बको प्रमुख लामा रहनुभएको थियो । बौद्ध धर्ममा यस गुम्बा निकै महत्वपूर्ण मानिन्छ ।

उहाँ यस गुम्बमा बाल्यकालदेखि रहँदै आउनुभएको थियो । अर्थात् यस गुम्बामा उहाँले पूर्ण जीवनकाल अर्थात् ९६ वर्ष नै विताउनु भयो । बुबा पेम्बा ङिमा लामा र आमा सोनाम किपा लामाको कोखबाट विक्रम संवत १९८३ मा प्रमुख लामा ङवाङको जन्म भएको थियो ।

बाल्यकालदेखि धार्मिक आचरण अपनाउने लामाको निधनले लिखुपिके र सोलुखुम्बु क्षेत्र यतिवेला शोकमा डुवेको छ । यस गुम्बामा बज्रा गुरु अर्थात् विश्व शान्ति पूजा समेत उनकै बहुलिमा सम्पन्न् भएको थियो । उहाँको पुनर्जन्मको कामना गर्दै यतिवेला बौद्ध परम्परा अनुसार पूजा पाठ भइरहेको छ ।

उहाँले जीवनकालभर समाज विकास, संस्कृतिको संरक्षण र बौद्ध धर्मको प्रवद्धनको निमित्त महत्वपूर्ण योगदान दिनुभयो । उहाँको पार्थिव शरीरलाई अहिले उर्गेन सङागा क्षोलिंङ गुम्बामा नै राखीएको छ । आगामी सोमबार उहाँको भौतिक शरीरलाई अन्त्येष्टि गरिने गुम्बाले जनाएको छ । श्रद्धेय धर्मगुरु क्याब्जे साङ-साङ रिन्पोछेको उपस्थितीमा सोमबार उहाँको अन्त्येष्टिमा गरिने भएको हो । लामाका एक भाइ र तीन दिदीबहिनी रहेकोमा सबैको निधन भैसकेको छ । उहाँको एक छोरा र तीन छोरी छन् । छोरा सोलुखुम्बुको थुप्तेना छोलिङ गुम्बाका गुम्बा व्यवस्थापन समितिका अध्यक्ष हुनुहन्छ ।

जन्मपछि मृत्यु अन्तिम सत्य हो । जसलाई हामी कहिले नकार्न या रोक्न सक्दैनौं । त्यही सत्यलाई अंगाल्दै लामा गुरु ङवाङ लामा सदाका लागि यो संसार छाडे । समाजमा चम्किरहेको एउटा दियो सधाका लागि निभ्यो । जसले बौद्ध धर्म र अनुयायीहरुलाई अतुलनीय क्षति पुगेको छ ।