नेपालीहरुको महान चाड दशैंको अवसर पारेर खुला फुटसल प्रतियोगिता हुने भएको छ । ‘डर्टी ग्याङ’को सहयोगमा ‘नागार्जुन बहुमुखी युवा क्लब’ले यही असोज २ गतेदेखि पहिलो दशैं खुला फुटसल प्रतियोगिता शुरु गर्दै छ ।
नागार्जुन नगरपालिका १ रानीवन स्थित नागार्जुन फुटसल एरिनामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजनकले जनाएको छ । प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क ६ हजार तोकिएको छ । टिम दर्ताका लागि अन्तिम मिति भने असोज १ गतेसम्म रहेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी र गोल रक्षकलाई समाना ३ हजार ५ सय नगद प्रदान गरिने छ ।
महान् पर्व नजिकिदै गर्दा खेलको माध्यमबाट आत्मीयता बढ्ने विश्वास डर्टी ग्यांङका सदस्य रोहित सुवेदीले बताएका छन् । स्वस्थ र तनावमुक्त जिवनयापनका लागि पनि खेलको महत्वपूर्ण भूमिका हुने हुँदा पर्वको अवसर पारेर मनोरञ्जनका साथै भाईचार अभिवृद्धिका लागि पनि खेलको आयोजना गरिएको सुवेदीले बताए ।
प्रतिक्रिया