Breaking

प्रतिनिधिसभा बैठक २९ गतेसम्मका लागि स्थगित


काठमाडौँ — प्रतिनिधिसभा बैठक स्थगित भएको छ । शनिबार (२५ भदौ) का लागि बोलाइएको बैठक आगामी २९ गतेसम्मका लागि स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ ।

‘विशेष कारण’ देखाउँदै संसद सचिवालयले बैठक स्थगित भएको सूचना टाँस गरेको हो । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार अर्को बैठक २९ भदौ बिहान ११ बजेका लागि तय भएको छ ।